नियन्त्रित ला गूऔषध नाईट्राभेट सहित ३ जना नागढुङ्गाबाट प क्राउ — OSNepal

नियन्त्रित ला गूऔषध नाईट्राभेट सहित ३ जना नागढुङ्गाबाट प क्राउ

LC (KTM) August 10, 2021 0

काठमाडौं, २६ साउन-चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ हजार ३ सय ८६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले प क्राउ गरेको छ । पक्रा उ पर्नेहरूमा सप्तरी बोदेबरसाई नगरपालिका-१ बस्ने २० वर्षीय अर्जुन साह, सोही नगरपालिका-२ बस्ने मनु साह र सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २५ वर्षीय सिदान्त श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लहानबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-००१ ख ७१९ नम्बरको बसमा सवार सिदान्तलाई ६ सय ६ ट्याब्लेट र राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-००१ ख ०००७ नम्बरको बसमा सवार अर्जुनलाई ५ सय १० ट्याबलेट र मनुलाई २ सय ७० ट्याब्लेट गरी उक्त परिमाणको ला गूऔषधसहित फेला पारी प क्राउ गरेको हो ।
उनीहरूउपर थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर