यि हुन् क्यान्सरबाट बचाउने कागतीका बोक्राका अनेकौ फाइदा — OSNepal

यि हुन् क्यान्सरबाट बचाउने कागतीका बोक्राका अनेकौ फाइदा

LC (KTM) August 10, 2021 0

काठमाडौं । कागती भन्ने वित्तिकै अधिकांश मानिसको मुखमा पानी आउँछ । कागतीको रस अमिलोको रुपमा मात्रै प्रयोग गरिँदैन स्वास्थ्यका लागि पनि सहयोग गर्छ । कागतीको रस मात्रै होइन बोक्रा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कागतीको बोक्राले विभिन्न स्वास्थ्य समस्या समाधान गर्छ ।

१. कोलेस्ट्रोल घटाउँछ– यसले कोलेस्ट्रोलको मात्रालाई घटाउन सहयोग पुर्याउँछ । शरिरमा कोलेस्ट्रोलको मात्रा अत्यधिक हुँदा यसले मुटुलाई स्वस्थ हुनबाट रोक्छ । कागतीको बोक्रामा पाइने पोलिफिनलले कोलेस्ट्रोललाई कम गरेर तपाईंको शरिरलाई स्वस्थ रहन मद्दत गर्दछ ।

२. मुटुलाई राख्छ स्वस्थ– कागतीको बोक्रामा पाइने पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्दछ। सहि रक्तचापले हाम्रो मुटुलाई पनि स्वस्थ राख्दछ । यसका साथै कागतीको बोक्राले हाम्रो मुटुलाई धड्कनलाई सहि मात्रामा राख्ने गर्दछ भने मधुमेहबाट पनि टाढा राख्दछ ।

३. मुखको स्वास्थयलाई पनि राख्छ सहि– मुखको स्वास्थयलाई ठिक ठाउँमा राख्नका लागि कागती निकै महत्वपूर्ण मानिन्छ । भिटामिन सि को कमीले कमजोर दाँत र गिजाबाट रगत आउने समस्या हुने गर्दछ । भिटामिन सि को कमीले ‘स्कर्भी’ र ‘जिंजिविटस’ हुने गर्दछ । कागतीको बोक्रामा सिट्रिक एसिड अत्यधिक हुने भएकाले यसले भिटामिन सिको कमीबाट हुने हानीलाई भरपाइको मद्दत गर्दछ । यसले दाँत र गिजासँग सम्बन्धित रोगलाई पनि टाढा राख्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर