ओलीले सांसद पदनै नभएका सातजनालाई मन्त्री बनाएपछि सर्वोच्चमा दर्ता भयो यस्तो रिट — OSNepal

ओलीले सांसद पदनै नभएका सातजनालाई मन्त्री बनाएपछि सर्वोच्चमा दर्ता भयो यस्तो रिट

LC (KTM) May 17, 2021 0

काठमाडौँ ३ जेठ । सांसद नै नभएका सात मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चमा रिट दायर भएको छ । गत बेशख ३१ गते प्रधानमन्त्री केपी ओलीले तेस्रो पटक आफुले प्रधानमन्त्री पदको सपथ लिएपछि सोही दिन ओलीले सात जनालाई मन्त्रीमा पुन नियुक्त गरेका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

हिजो सोमबार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सात मन्त्रीलाई पदमुक्त गर्न माग राखी दिएको निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ ।

अदालतमा दर्ता भएको रिटमा सांसद नरहे पनि दोस्रोपटक मन्त्री हुन पुगेका गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री मन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई पदमुक्त गर्न माग गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर