काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा — OSNepal

काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा

LC (KTM) May 17, 2021 0

काठमाडौँ- काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

“नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० श्यया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो । दुवै आइसोलेशन केन्द्रमा चौबिसै घण्टा सेवा प्रदान गरिने नगरप्रमुख गिरीको भनाइ छ । यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगरप्रमुख गिरीले बताउनुभयो । नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ श्ययाको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ । यहाँ हाल ९८६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाले ज्या न गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर