असिनाले मकै र धानबाली नष्ट गरेपछि भोकमरीको चपेटामा पर्न नदिन स्थानीयवासीलाई खरिद गरिएको चामल गोदामै कुहियो — OSNepal

असिनाले मकै र धानबाली नष्ट गरेपछि भोकमरीको चपेटामा पर्न नदिन स्थानीयवासीलाई खरिद गरिएको चामल गोदामै कुहियो

LC (KTM) August 10, 2021 0

नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो ।

असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल खरिद गरिएकामा केही वडा–वडामा वितरण गरिएको थियो ।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको र बिग्रिएको चामललाई मुचुल्का उठाएर विर्सजन गरिएको बताउनुभयो । गाउँमा निरन्तरको कोभिडको समस्याले धेरै समय गोदाममै रहेपछि चामल बिग्रिएको उहाँको भनाइ थियो ।

जनताले तिरेको करबाट खरिद गरिएको चामल गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण कुहिएकाले आक्रोशित जनसमूहले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग गरेको स्थानीयवासी छेत्रप्रताप सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर