दार्चुलाबाट काठमाडौं फर्कियो छानबिन टोली , जयसिंहको खोजी कार्य गर्न विशेष प्राविधिकसहितको टोली खटाइयो — OSNepal

दार्चुलाबाट काठमाडौं फर्कियो छानबिन टोली , जयसिंहको खोजी कार्य गर्न विशेष प्राविधिकसहितको टोली खटाइयो

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । जयसिंह धामीको विषयलाई लिएर गठन भएको छानविन टोली आठ दिनपछि फर्किएको छ ।

महाकाली नदीमा तुइन तर्ने क्रममा सिंहको चढेको तुइनको डोरी भारतीय एसएसबीले फुकाइदिएपछि महाकालीमा खसेर वेपत्ता भएको घटनालाई लिएर गृहमन्त्रालयले गठन गरेको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली हिजो सोमबार फर्किएको हो ।

जिल्लास्थित विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गर्नुका साथै पीडित परिवार र प्रत्यक्षदर्शीसँग पनि संवाद गरी घटना घटेको स्थलको समेत निरिक्षण गरी छानविन टोली फर्किएको हो । भने त्यससँगै बैतडी, डडेल्धुरा र कञ्चनपुरमा महाकाली नदी तटीय क्षेत्रको निरीक्षण गर्ने जनाइएको छ ।

आठ दिनसम्म दार्चुलामै बसेको उक्त टोलीले व्याँस गाउँपालिका-२ का जयसिंह धामीको परिवारदेखि अन्य सरोकारावाला पक्षबीच भेटघाट गरेर छलफल गरेको छ । सिंहको खोजी कार्यमा भने विशेष प्राविधिक समेत खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर