जापान पुगेर आफ्नै किर्तीमानी तोडेकी गौरीकाले बनाइन् ओलम्पिकको ट्याटू — OSNepal

जापान पुगेर आफ्नै किर्तीमानी तोडेकी गौरीकाले बनाइन् ओलम्पिकको ट्याटू

LC (KTM) August 10, 2021 0

काठमाडौं । विश्व चर्चित पौडी खेलाडी, नेपालकी शान गौरिका सिंहको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ । गौरीकाले इस्टाग्राममा सेयर गरेको भिडियोमा उनले आफ्नो शरीरमा ओलम्पिकको रिङको ट्याटू खो पेकी छिन् ।

जापानमा हालै मात्र सम्पन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिकाले प्रतियोगिता लगत्तै ट्याटू बनाए लगत्तै उक्ट भिडियो बाहिर ल्याएकी हुन् । उक्त भिडियो सार्वजनिक गर्दै गौरीकाले राम्रो ट्याटू बनाइदिएकोमा खुसी व्यक्त गरेकी छन् ।

जापानको टोकियोमा आयोजना भएको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेर फेरी चर्चा बटुल्न सफल भएकी हुन् ।

गौरीकाले यसअघिको १ मिनेट ६२ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै एक मिनेट ११ मिलिसेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाइन् । यद्यपी ४ प्रतिस्पर्धी रहेको प्रतिस्पर्धाको हिट चरणमा उनी तेस्रो स्थानमा रहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर