म्याग्दीको डेरी पसलमा बिजुलीको तार सर्ट भएर आगलागी,दुई पसल जलेर नष्ट,नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा लिइयो — OSNepal

म्याग्दीको डेरी पसलमा बिजुलीको तार सर्ट भएर आगलागी,दुई पसल जलेर नष्ट,नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा लिइयो

LC (KTM) August 10, 2021 0

म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिनुभयो । आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर