बाँचिन्छ भन्ने के आशा छ — OSNepal

बाँचिन्छ भन्ने के आशा छ

LC (KTM) August 10, 2021 0

थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा ८० वर्षीय वृद्ध हरिबहादुर क्षेत्री सोमबार विरुद्धको खोप लगाउन लामबद्ध थिए । उनले २०७७ साल फागुनमै कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । दोस्रो मात्रा लगाउने पर्खाइमा रहेका उनी बल्लबल्ल खोप लगाउन पाउने आशामा थिए । उनले पहिले त खोप लगाएर बाँचिन्छ भन्ने सोचेका थिएन, पछि खोपले मात्र बच्न सकिने रहेछ भन्ने थाहा भइसकेपछि कोभिसिल्ड खोप लगाएका थिए ।

खोप लगाएर बाँचिन्छ भन्ने के आशा छ भन्ने प्रश्नमा क्षेत्री भन्छन्, “पहिले म मात्र होइन बाबु, सबैजना खोप लगाउन अन्योलमा थियौँ । के हो के हो भन्ने थियो तर विस्तारै बुझ्दै जाँदा खोप लगाइसकेपछि म’रिने रहेनछ भन्ने बुझियो ।”

अलि चाँडो खोप पाइन्छ भन्ने थियो भन्दै क्षेत्रीले भने, “पहिलो मात्रा खोप लगाएको छ महिनापछि खोप लगाउन पाइयो ।” उनमा कोभिसिल्ड बाहेकको खोप भए पनि एउटै फर्मुलाबाट बनेको हुनाले खोपले केही असर गर्छ कि भन्ने कुनै डर छैन ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक गौतमले कोभिसिल्ड लगाएकाका लागि दोस्रो चरणको खोपमा उत्साहजनक ढङ्गले सहभागिता रहेको बताए । डा. गौतमले हालसम्म सबै ठाउँमा कतिले खोप लगाए भन्ने यकिन तथ्याङ्क आउन नसकेको भन्दै जुन ठाउँमा खोप अभियान सञ्चालन भएको छ, त्यहाँ खोप अभियान प्रभावकारी ढङ्गले सञ्चालन भएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर