प्रधानमन्त्रीको सपथ लिने क्रममा ओलीले त्यो पर्दैन भनेको विषयमा सर्वोच्चमा दायर भएको रिटको पेशी भोली मंगलबार — OSNepal

प्रधानमन्त्रीको सपथ लिने क्रममा ओलीले त्यो पर्दैन भनेको विषयमा सर्वोच्चमा दायर भएको रिटको पेशी भोली मंगलबार

LC (KTM) May 17, 2021 0

काठमाडौँ ३ जेठ । तेस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पुन सथप लिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गत बैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधामन्त्री पदको सपथ लिनेक्रममा सत्यनिष्ठा पूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा ‘प्रतिज्ञा’ भन्ने शब्द राष्ट्रपतिले दुई दुईपटक उच्चारण गर्दा समेत ‘प्रतिज्ञा’ गर्दछु भन्ने वाक्यांश शपथकै समयमा ‘त्यो पर्दैन’भनेको विषयमा हिजो आइतबार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सर्वोच्चमा रिट दायर गरेका हुन् । दायर गरिएको रिटमाथि अदालतले भोली पेशी तोकेको छ ।

रिटमा भनिएको छ , ‘नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८।१।३१ मा भएको सपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक सपथग्रहण गर्नु र गराउनु भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरी पाऊँ,साथै प्रधानमन्त्री तथा मन्त्रीले लिने सपथको ढाँचासहितको संघीय कानुन अविलम्ब बनाउनु भनी विपक्षीहरुको नाममा परमादेशको समेत आदेश जारी गरी पाऊँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर