आज पनि देशका यि स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना  — OSNepal

आज पनि देशका यि स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना 

LC (KTM) August 10, 2021 0

काठमाडौं-हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।अहिले पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

यस्तै दिउँसो जस्तै प्रदेश नं १ र बाग्मती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबारबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबार देखि केही दिन धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर