प्रहरीको आँखा छल्न खोज्दा यी दुई ब्यक्ति परे फन्दामा, उनीहरुको झोला खोलेर हेर्दा प्रहरी नै आत्तियो — OSNepal

प्रहरीको आँखा छल्न खोज्दा यी दुई ब्यक्ति परे फन्दामा, उनीहरुको झोला खोलेर हेर्दा प्रहरी नै आत्तियो

LC (KTM) August 09, 2021 0

प्रहरीको आँखा छलेर एक किलो चरेस पास गराउन खोज्ने दुई जना ब्यक्ति प्रहरीको फन्दामा परेका छन् । एक किलो चरेस लुकाई छिपाई पास गर्ने क्रममा एक नेपाली र एक जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीहरुले चरेस जीपमा लुकाएर ल्याईरहेका थिए । भे १ ज ९०७ नम्बरको बोलेरो जीपमा चरेस ल्याइएको भन्ने जानकारीका आधारमा प्रहरीले खानतलासी गरेको थियो ।

खानतलासीको क्रममा ३१ वर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने उबेद खानलाई भेरी नगरपालिका–४ बाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । चरेस मात्र हैन उनीहरुको साथ बाट अन्य सामानहरु समेत बरामद भएको छ ।

भारतीय नागरिक अहमदलाई झोलामा लुकाइ राखेको एक किलो चरेस संगै उनको साथबाट रु ४५ हजार ५०० भारतीय रुपैयाँ पनि बरामद भएको छ । साथमा स्क्रिन टच मोबाइल एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथबाट नेपाली रुपैयाँ पाँच हजार बरामद गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर