चर्चित फुटबल स्टार मेसीको बहिरगमन संगै बार्सिलोनाका फ्यानहरुलाई थपियो अर्काे दुःखद खबर — OSNepal

चर्चित फुटबल स्टार मेसीको बहिरगमन संगै बार्सिलोनाका फ्यानहरुलाई थपियो अर्काे दुःखद खबर

LC (KTM) August 09, 2021 0

चर्चित फुटबलस्टार लियोनल मेस्सीको बार्सिलोना छोड्ने घोषणा संगै बार्सिलोनाका शुभचिन्तकहरुका लागि अर्काे दुःखद खबर आएको छ । स्ट्राइकर सर्जियो अग्युरो करिब १० हप्ता मैदान बाहिर रहने भएका छन् ।

उनलार्ई खुट्टामा चोट लागेको थियो । बार्सिलोनाले सोमबार चोटको कारण अग्युरो १० साता मैदान बाहिर रहने जानकारी दिए संगै बार्सिलोनामा फ्यानहरु चिन्तित भएका छन् । अर्जेन्टिनी फरवार्डले दाहिने खुट्टाको पिडुलाको चोट बोकेको बताईएको छ ।

३३ वर्षीय अग्युरो गत जुनमा बार्सिलोनामा अनुबन्धित भएका थिए ।अग्युरो म्यानचेस्टर सिटी छाडेर बार्सिलोना आएका थिए । उनले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् । मेस्सीको बहिरगमन संगै अग्युरो पनि चोटग्रस्त बनेपछि बार्सिलोनाका फ्यानहरु लाई निक्कै खल्लो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर