धुर्मस–सुन्तली अब अभिनय बाट गायनमा पनि , दुबै जनाको आवाजमा आयो तीजको गीत — OSNepal

धुर्मस–सुन्तली अब अभिनय बाट गायनमा पनि , दुबै जनाको आवाजमा आयो तीजको गीत

LC (KTM) August 09, 2021 0

महिलाहरुको महान चाड तीज नजिकिदै जादा तीजका गीतहरु पनि सार्वजनिक हुने क्रम जारी रहेको छ । एकपछि अर्काे तीजका गीतहरु धमाधम आउन थालेका छन् । यसैक्रममा हास्य कलाकार तथा समाजसेवी धुर्मस–सुन्तली कुञ्जना घिमिरे र सिताराम कट्टेलको स्वरमा तीजको गीत सार्वजनिक भएको छ ।

यो गीतको भिडीयो एकदमै हास्यात्मक शैलीको रहेको छ । एकदमै हास्यात्मक गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा मुस्कान पासा र फतौरी बुढीको रुपमा देखिएका छन् भने गीत पनि त्यही लयमै गाइएको छ । तिमी मेरो शिवजी’ बोलको गीतमार्फत् धुर्मुस–सुन्तलीले पहिलोपटक गायनको यात्रा थालनी गरेका हुन् ।

यो सौभाग्य भने पशुपति शर्माले जुराएका छन् । यस गीतमा उनकै शब्द र संगीत रहेको छ । यस गीतको संगीत एरेन्ज कृष्ण बिश्वकर्माले गरेका छन् भने भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । यो गीत धुर्मुश सुन्तलीको आफ्नै युटुब च्यानल बाट आज सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर