प्रदेश १ मा कोरोना संक्रमण मुक्त हुने ३३८, संक्रमितको संख्या ९५४ , आज पनि ५ जनाले ज्यान गुमाए — OSNepal

प्रदेश १ मा कोरोना संक्रमण मुक्त हुने ३३८, संक्रमितको संख्या ९५४ , आज पनि ५ जनाले ज्यान गुमाए

LC (KTM) August 09, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र ते¥हथुममा १–१ प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बा¥हदशी र कमल गाउँपालिकामा ४–४, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७–७, लेटाङ र कानेपोखरीमा ४–४, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, रंगेली र उर्लाबारीमा २–२, सुनबर्षी र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ४७, धरानमा ३७, बराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३–३, हरिनगर, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा १४, मांसेबुङ, रोङ, माईजोगमाई, सुर्योदय र माई नगरपालिकामा १–१ जनामा देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, पाँचथरको फिदिममा १, ते¥हथुममा १, प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर