सामुदायिक वन दिवसमा वृक्षरोपण — OSNepal

सामुदायिक वन दिवसमा वृक्षरोपण

Kesh Karki (USA) August 09, 2021 0

राष्ट्रिय सामुदायिक वन दिवसका अवसरमा पोखरा महानगरपालिका–३० स्थित चापापानी चिसाकुना सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । “सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति” भन्ने मूलनाराका साथ आयोजित कार्यक्रममा अमला, बडहर, कटहर, हर्रो, बर्रो, हलुवावेद, तेजपात, नासपतिलगायत विभिन्न जातका २०० वटा बिरुवा रोपिएको हो ।

पोखरा महानगरपालिका– ३० का वडाध्यक्ष श्रीराम पोखरेलले औषधीय गुणयुक्त हर्रोको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै सामुदायिक वनलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।

वृक्षरोपण गर्नु आपैmमा महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले बिरुवा रोप्नका लागि मात्र नभइ संरक्षण र त्यसबाट उपलब्धि प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य हरिप्रसाद बाँस्तोलाले समूहको मेहनत, जनप्रतिनिधिको सहयोग र वन कार्यालयको प्रविधिसहित त्रिकोणात्मक सहकार्यबाट मात्र सामुदायिक वनबाट समृद्धि प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले सामुदायिक वनमा हुने विकास निर्माणमा वन समूहको अधिकार सुनिश्चित् हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय गौरवको प्राणी उद्यान केन्द्र व्यवस्थित रुपमा सञ्चालन गर्न वन समूहबीच समन्वय एवं सहकार्य हुनुपर्ने आवश्यकता आंैल्याउनुभयो । १५ हेक्टर क्षेत्रफलमा पैmलिएको सो सामुदायिक वनमा कूल ३२० घरपरिवार उपभोक्ता रहेको समूहका अध्यक्ष दुर्गादत्त भुर्तेलले जानकारी दिनुभयो । वन समूहको खासै आम्दानी नभएको र उपभोक्ताले वार्षिक सदस्यता नवीकरण गरेको शुल्कबाट मासिक पाँच हजार पारिश्रमिक दिएर एक जना हेरालोसमेत राखिएको उहाँको भनाइ छ ।

पचभैया समुदायिक वन समूहका अध्यक्ष दिननाथ ढकाल, सव डिभिजन वन कार्यालय लेखनाथका सहायक वन अधिकृत रामबहादुर विश्वकर्मा, समूहका उपाध्यक्ष तारानाथ तिवारी, सचिव सीता सापकोटालगायतले वृक्षरोपणको महत्व र संरक्षण, प्रवद्र्धन एवं उपयोगका बारेमा चर्चा गर्नुभएको थियो ।

तीनै तहका सरकारको सहयोगमा चापापानी चिसाकुना, पचभैया र चैनपुरसहित तीन वटा सामुदायिक वन क्षेत्रलाई समेटेर प्राणी उद्यान केन्दको रुपमा विकास गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर