क्रसर उद्योगमा १५ वर्षीया किशोरीको बलात्कार — OSNepal

क्रसर उद्योगमा १५ वर्षीया किशोरीको बलात्कार

LC (KTM) August 09, 2021 0

बर्दिया २५ साउन । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मधुबन नगरपालिका २ बङगालीपुर घर भएका १९ वर्षीय बिण्णु थारु रहेका छन् । राजापुर नगरपालिका १० कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने ती युवकले राजापुर नगरपालिका १० झुण्डिपुरस्थित गजुरमुखी क्रसर उद्योगमा किशोरीलाई जबरजस्ती करणी गरेको सुचना पाउना साथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले निजलाई आइतबार साँझ पक्राउ गरेको हो ।

निजमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर