चलचित्र एक्स नाइनको चर्चा चुलिदै , मेघास्टार अनमोल केसी र हाकु काले सौगात एक साथ देखिने पक्का — OSNepal

चलचित्र एक्स नाइनको चर्चा चुलिदै , मेघास्टार अनमोल केसी र हाकु काले सौगात एक साथ देखिने पक्का

LC (KTM) August 09, 2021 0

अहिले नेपाली चलचित्र एक्स नाइनको चर्चा सबैतिर चुलिएको छ । यस फिल्मको बजेट एकदमै खर्चिलो भएको निर्माण पक्षको दाबी छ । यसै चलचित्रका लागि भनेर अहिलेका मेघास्टार मानिएका नायक अनमोल केसीले साइन समेत गरिसकेका छन् ।

सुन्नमा आए अनुसार उनले यस फिल्ममा अहिले सम्मकै महंगो पारश्रमिक लिएका छन् । यहि चलचित्रमा अर्का नायक पनि देखिने पक्का भएको छ । चलचित्र लुट बाट हाकु कालेको उपाधी पाएका अभिनेता सौगात मल्ल । यस चलचित्रका लागि भनेर आइतबार अनमोल केसी र सौगातले पनि साइन गरिसकेका छन् ।

उनको भुमीका कस्तो रहने भन्ने खुलाइएको छैन तर पछिल्लो समय उनलाई भिलेनको रुपमा दर्शकले झनै रुचाउँदै आएकोले यहि रोलमा उनी देखिन सक्ने संभावना भने छ । यस चलचित्रमा राजीव तामाङ, विरेन कुँवर, सोनु खत्री र सुबोध भट्टले संयुक्त रूपमा लगानी गर्दैछन् भने मुकुन्द भट्टले निर्देशन गर्ने पक्का भइसकेको छ । यस फिल्मको छायांकन भने जनवरीबाट हुने निर्माण पक्षको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर