कोरोना महामारीको समयमा गरिएको परीक्षा स्थगित गर्न माग गर्दै बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन — OSNepal

कोरोना महामारीको समयमा गरिएको परीक्षा स्थगित गर्न माग गर्दै बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । कोभिड १९ कोरोना भाइरस महामारीको कारण परिक्षा स्थगित गर्नुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

कक्षा १२ को परिक्षा स्थगित भएसँगै विद्यार्थीहरूले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि कोरोना महामारीको समयमा गरिएको परीक्षा स्थगित गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थी र उनका परिवारलाई जोखिममा राखेको भन्दै विद्यार्थीहरु प्रर्दशनमा उत्रिएका हुन् ।

हिजो आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर