अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको दावी — OSNepal

अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको दावी

LC (KTM) August 09, 2021 0

काठमाडौं २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

आज सोमबार विश्व आदिवासी दिवस’का अवसरमा एक शुभकामना सन्देश मार्फत कांग्रेसको सभापति समेत रहेका देउवाले यस्तो बताएका हुन् ।

शुभकामना सन्देश मार्फत देउवाले नेपाल र नेपालबाहिर बस्‍ने सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने समेत बताएका छन् ।

हरेक वर्ष अगस्ष्ट ९ का दिन मनाइने विश्व आदिवासी दिवस आज २७ औँ विश्व आदिवासी दिवस हो जसलाई आज ‘कसैलाई पछाडि नछाडौँ आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्‍ने नाराका साथ संसारभरका आदिवासीले मनाइरहेका छन् ।

नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर