निवार्चन आयोगको कांग्रेसलाई प्रश्न : आफैले बनाएको कानुन पनि पढ्नु भएको छैन? — OSNepal

निवार्चन आयोगको कांग्रेसलाई प्रश्न : आफैले बनाएको कानुन पनि पढ्नु भएको छैन?

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । नेपाली कांग्रेसको भदौमा अब महाधिवेशन नहुने लगभग निश्चित जस्तो भइसक्दा यस विषयमा परामर्श गर्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला निवार्चन आयोग पुगेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा एकपल्ट पदाधिकारीको निवार्चन हुनु पर्ने वइवस्था भएपनि कांग्रेसले एक चोटी एक वर्ष र अर्को चोटी संविधानको आधारमा ६ महिना समय थपिसकेकोले अब भदौमा महाधिवेशन गर्न नसके पार्टीको वैधानिकता नै गुम्ने हँुदा कोइराला केही दिन अगाडी मात्र आयोग पुगेका थिए ।

जनताको जीवन रह्यो भने न राजनीति गर्ने हो, नत्र कसका लागि राजनीति गर्ने भन्दै प्रश्न गरेका नेता कोइरालाले जनताका लागि देशका लागि राजनीति गर्ने हो भने जनतालाई जोखिममा धकेल्न हुन्छ ? देशलाई नै भोलि संकट आउने काम राजनीतिक दलले गर्नु नहुने समेत बताएका छन् ।

भने यता पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलले आयोग सँग यस विषयमा परामर्श गर्दा आयोगले आफैले बनाएको कानुन पनि एक चोटी पढ्नु भएको छैन भन्दै जवाफ दिएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर