काठमाडौं साउन २५ । आफुलाई देउता चढेको भन्दै आफ्नै पत्नीको शरीर भरी तातो तेल खनाएका एक पुरुष पक्राउ परेका छन् ।
मदिरा सेवन गरेको समयमा आफुलाई देउता चढेको भन्दै दैलेख जिल्लाको भैरबी गाउँपालिका–५ गौरीसल्लाका २६ वर्षीय दिपक नेपालीले श्रीमती हस्तनालाई तातो पानी खनाएका हुन् । गत बिहिबार मदिार सेवन गरी घर पुगेका नेपालीले सुत्केरी पत्नीको शरिर भरि तातो तेल खनाएका थिए ।
हस्तनाको १३ प्रतिशत शरीर जलेको बताएका प्रहरीले उनको जिल्ला सदरमुकामस्थित दैलेख अस्पतालमा उपचार भइरहेको समेत बताएका छन् । पती दीपकलाई भने प्रहरीले नियन्त्रणमा लिई कारवाही अगाडी बढाएको बताइएको छ ।