शान्ति प्रक्रियाको निष्कर्षमा जोड, एमसीसीमा सरकारको नीति मौन ! — OSNepal

शान्ति प्रक्रियाको निष्कर्षमा जोड, एमसीसीमा सरकारको नीति मौन !

LC (KTM) August 09, 2021 0

काठमाडौं । सरकारले नीति, योजना र कार्यक्रम समेटिएको न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । ११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गरिएको हो । न्यूनतम साझा कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराई र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सिंहदरबारमा आयोजित कार्यक्रममार्फत संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

संयुक्त रूपमा सार्वजनिक गरिएसँगै साझा कार्यक्रम बनाउन गठित सरकारी कार्यदलका संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कार्यक्रम पढेर सुनाएका हुन् ।सरकारले ल्याएको साझा कार्यक्रममा माओवादीले विगतदेखि नै उठाउँदै आइरहेको शान्ति प्रक्रियाको निष्कर्षको विषय प्राथमिकतामा परेको छ ।

संविधान संशोधनको विषयलाई पनि सरकारको न्यूनतम साझा कार्यक्रममा मह्त्वका साथ स्थान दिइएको छ तर सबैको चासो रहेको एमसीसीको विषयमा सरकारको नीति के हुने भन्ने खुलाइएको छैन । एमसीसीमा सरकारको नीति मौन छ । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर