तुइनबाट खसेर जयसिंह बेपत्ता भएको १० दिनपछि खाजी गर्न ड्रोन क्यामेरा प्रयोग गरिने — OSNepal

तुइनबाट खसेर जयसिंह बेपत्ता भएको १० दिनपछि खाजी गर्न ड्रोन क्यामेरा प्रयोग गरिने

LC (KTM) August 09, 2021 0

काठमाडौं- बेपत्ता भएका व्यास गाउँपालिका २ मालगाउँका जयसिंह धामीको ड्रोन क्यामेराबाट महाकाली नदीमा खोजी गरिने भएको छ ।भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिएपछि धामी बेपत्ता भएका थिए । घटनाको अनुसन्धान गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा टोली बनाएको थियो ।

१९ साउनदेखि सरकारी टोली दार्चुलामै छ । सरकारले जयसिंहको खोजी गर्न टोलीलाई निर्देशन खोजीका लागि ड्रोन उडाउँन लागिएको बताइएको छ ।

सीमा नदीमाथि ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाका डिएम कार्यालयलाई पत्राचार गरेको बताइएको छ । तुइन लगाइएको व्यास गाउापालिका २ मालघाटदेखि सदरमुकाख खलंगासम्मको नदी र किनार क्षेत्रमा ड्रोन क्यामेराबाट खोजी गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर