मन्त्री अर्यालको विशेष पहलमा गण्डकी प्रदेशलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री पोखरा पुग्यो, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

मन्त्री अर्यालको विशेष पहलमा गण्डकी प्रदेशलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री पोखरा पुग्यो, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) May 17, 2021 0

काठमाण्डौ । गण्डकी प्रदेशलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री काठमाण्डौबाट पोखरा पुगेको छ । पशुपंक्षि तथा कृषि विकास मन्त्री पद्मा कुमारी अर्यालको विशेष पहलमा नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेशलाई पठाएको अक्सिजन, पल्स अक्सिमिटर, सेनिटाइजर, माक्स, फेस सिल्ड लगायत अन्य स्वास्थ्य सामाग्री पोखरा पुगेको हो ।

प्रदेशसंगै मन्त्री अर्यालले गृह जिल्ला स्याङ्जालाई अक्सिजन, ३० वटा पल्स अक्सिमिटर, ३५ हजार थान माक्स, २ सय ६० लिटर सेनिटाइजर, ४ सय २० पिस पिपिइ, ३ हजार गल्वस, ३३ वटा थर्मोगन, पाँच थान अक्सिजन कन्सन्ट्रेटर समेत पठाउनु भएको छ । उक्त स्वास्थ्य सामाग्री मंगलबार स्याङ्जामा वितरण गरिने छ ।
स्याङ्जामा कोरोना संक्रमितसंगै मृत्युहुनेको संख्या बढिरेहको बेला आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहज तरिकाले उपलब्ध हुने गरी पठाएको मन्त्री अर्यालले जानकारी दिनु भयो ।

कोरोना भाइरसको कारण समय जटिल बन्दै गएको र बाहिर निस्कन सक्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले आफै उपस्थित हुन नसके पनि प्रदेश र जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनु भयो । उहाँले यो बेला सावधानी अपनाउदै सुरक्षित भइ घरमै बस्न सबै नागरिकलाई आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर