टोकियो ओलम्पिक सम्पन्न , नेपाल रित्तै हात फर्कियो , चीनलाई उछिन्दै अमेरिका ३९ स्वर्ण सहित शीर्ष स्थानमा — OSNepal

टोकियो ओलम्पिक सम्पन्न , नेपाल रित्तै हात फर्कियो , चीनलाई उछिन्दै अमेरिका ३९ स्वर्ण सहित शीर्ष स्थानमा

LC (KTM) August 08, 2021 0

आज बाट जापानमा संचालीत टोकीयो ओलम्पिक समापन भएको छ । ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आज उत्साहपुर्ण तथा सफलतापूर्वक समापन भएको हो । अब अर्काे ३ बर्ष पछि ३३ औ संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा हुने छ । यो ओलम्पिक जुलाई २३ मा सुरु भएको थियो ।

यसपालिको टोकियो ओलम्पिकमा चीनलाई पछार्दै अमेरिका पहिलो स्थान बनाउन सफल भयो । दोस्रोमा चीन, तेस्रोमा आयोजक राष्ट्र जापान , चौथो बेलायत तथा पाँचौ स्थानमा रुस रह्यो । नेपालले भने कुनै पदक हात पार्न सकेन । आफ्नो अनुहार मात्र देखाएर फर्किएको छ ।

नेपाल बाट ओलम्पिकका लागि ५ खेलाडीले मात्र सहभागिता जनाएका थिए तर कुनै खेलाडी बाट पदक हात लागेन । नेपालले पौडी, सुटिङ, एथलेटिक्स र जुडोमा सहभागिता जनाएको थियो । जम्मा ४ खेल बाट प्रतिष्पर्धाका लागि गएका ५ खेलाडी मध्ये ३ खेलाडीले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरे भने बाँकी २ खेलाडीले आफ्नै भएको खेल पनि बिगारे ।

यसपालिको ओलम्पिकमा पौडी बाट गौरिका सिंह र एलेक्स शाह , सुटिङकी कल्पना परियार, एथ्लेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले प्रतिष्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा ६३ राष्ट्रले स्वर्ण पदक जितेका थिए भने ९३ राष्ट्रले केही पदक हात पार्दा नेपाल भने रित्तै फर्किएको छ ।

टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल ११३ पदक जित्यो । चीन ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक, जापानले घरेलु मैदानमा २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्दै तेस्रो स्थान हासिल गर्‍यो । छिमेकी राष्ट्र भारतले भने १ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ७ पदक जित्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर