मछिन्द्र क्लब मनिष डाँगी लाई अनुबन्ध गर्न सफल, ठुला क्लबका नजरमा परेका डाँगीलाई मछिन्द्र क्लबले पारश्रमिक यति दियो — OSNepal

मछिन्द्र क्लब मनिष डाँगी लाई अनुबन्ध गर्न सफल, ठुला क्लबका नजरमा परेका डाँगीलाई मछिन्द्र क्लबले पारश्रमिक यति दियो

LC (KTM) August 08, 2021 0

दक्षिण कोरीयाको फुटबल एकेडमीमा रहेर आफ्नो फुटबलको कला लाई निखारेका नेपाली राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगी यतिबेला सबै क्लबका लागि रोजाईका खेलाडी हुन् ।

उनको खेल कुशलतालाई देखेर नेपालका नाम चलेका क्लबहरुले आफ्नो तिर तान्ने निक्कै प्रयास गरेका थिए । तर अन्ततः मनिषलाई मछिन्द्र फुटबल क्लबले अनुबन्ध गर्न सफल भएको छ ।

साविकको ए डिभिजन लिग विजेता मछिन्द्रले आइतबार मिडफिल्डर मनिषलाई अनुबन्ध गरिएको जानकारी दिएको छ । नयाँ सिजनका लागि मछिन्द्र क्लबले उनलाई अनुबन्ध गरेको हो । उनलाई एक लाख बढी पारिश्रमिक दिने सहमती भएको क्लबले जनाएको छ ।

एु डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुदैछ त्यसैका लागि मनिष जस्तो राम्रो खेलाडीलाई आफ्नो क्लबमा अनुबन्ध गर्न सफल भएको हो । विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलबाट मनिषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै राष्ट्रिय टिमका लागि गोल गरेका थिए । उनको खेलको सबैतिर तारिफ हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर