खसीको मासु भन्दै बाख्राको मासु विक्री गरेको अभियोगमा एक जना पक्राउ — OSNepal

खसीको मासु भन्दै बाख्राको मासु विक्री गरेको अभियोगमा एक जना पक्राउ

LC (KTM) August 08, 2021 0

पर्सा २४ साउन । कालोबजारी गरेको अभियोगमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले १ जनालाई पक्राय गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १३ मुर्ली बस्ने २८ वर्षीय रोज अन्सारी रहेका छन् । निज अन्सारी सोही स्थानमा बस्ने अब्दुल अन्सारीको मासु पसलमा काम गर्दै आएका थिए ।

निजलाई उक्त पसलमा खसीको मासु हो भनी बाख्राको मासु विक्री गरिरहेको सूचनाको आधारमा पक्राउ गरिएको हो । उक्त पसलको चेक जाँचको क्रममा प्रहरीले बाख्राको मासुमा खसीको अण्डकोष सिलाई बेचिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारी माथि कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । भने पसलका संचालक अब्दुल अन्सारीको खोजी भइरहेको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर