गोकर्णेश्वर नगरपालिकाबाट प्रेम तामाङसहित ८ जना जुवाडे पक्राउ — OSNepal

गोकर्णेश्वर नगरपालिकाबाट प्रेम तामाङसहित ८ जना जुवाडे पक्राउ

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं, गोकर्णेश्वरबाट महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका ६ बासुकी चोक बस्ने कनक बहादुर तामाङको जस्ताको टहरोमा जुवातास खेलिरहेको सुचनाको आधारमा उक्त स्थान पुगेको प्रहरीको टोलीले जुवाडेसहित ४२ हजार रुपैयाँ र ३ बुक तास समेत बरामत गरेको छ ।

प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ नयाँवस्ती बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भएका २८ वर्षीय प्रेम तामाङ समेत ८ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर