काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गर्दा यार्सागुम्बा सहित एक जना पक्राउ — OSNepal

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गर्दा यार्सागुम्बा सहित एक जना पक्राउ

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । यार्सागुम्बा लगायतका जडिबुटी सहित प्रहरीले एक जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा जुम्ला कन्कासुन्दरी गाउँपालिका ८ बस्ने २४ वर्षीय तुला कामी रहेका छन् ।

निजलाई चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट यार्सागुम्बा जडिबुटी जस्तो देखिने बस्तु ४ सय १२ ग्राम, सिलाजित जस्तो देखिने पदार्थ ६ सय ५० ग्राम र रातो केशरी जस्तो देखिने पदार्थ १ सय ग्राम सहित नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २१११ को बसलाई चेक जाँच गर्दा कामीले झोलाभित्र लुकाई ल्याएको उक्त जडिबुटी प्रहरीले बरामत गरेको थियो ।

पक्राउ परेका कामीलाई थप अनुशन्धानको लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर