काठमाडौँ २४ साउन । कोरोना भाइरस विरुद्धको एस्ट्राजेने खोपको लागि काठमाडौं उपत्यकामा १४४ केन्द्र तोकिएको छ ।
कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई आज सोमबार ९जेठ २५ गते० देखि दोस्रो मात्रा दिइने भएको छ ।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने कार्यक्रमम रहेको छ ।
नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले जनाएको छ ।