विद्युत् प्राधिकरणको आम्दानी बढ्दै, नाफा घट्दै ! — OSNepal

विद्युत् प्राधिकरणको आम्दानी बढ्दै, नाफा घट्दै !

LC (KTM) August 08, 2021 0

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८÷०८९ को बजेट एक खर्ब नजिक पुग्ने प्रक्षेपण गरेको छ । गत वर्ष २०७७-०७८ मा ८० अर्ब ३ करोड आम्दानी रहेको विद्युत् प्राधिकरणको बजेट बढेर चालु वर्षमा ९६ अर्ब २८ करोड पुग्ने अनुमान गरिएको छ ।

विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७६-७७ मा प्राधिकरणको आम्दानी ७३ अर्ब ७६ करोड थियो । पछिल्लो तीन वर्षको तथ्यांकले विद्युत् प्राधिकरणको आम्दानी बढेको देखिन्छ तर नाफा भने घट्ने क्रममा छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ।

विद्युत् प्राधिकरण सञ्चालक समितिले बिहीबार राति पारित गरेको बजेट अनुसार, आगामी वर्षको करपछिको नाफा ३ अर्ब ६४ करोड हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण हो तर सञ्चालक समितिकै बिहीबारकै बैठकमा २० युनिटसम्मको ग्राहकलाई बिजुलीमा छुट दिने प्रस्ताव अघि बढाएकोमा यो बढेमा यो नाफा घट्नेछ । प्राधिकरणका अनुसार गत वर्ष ३ अर्ब ५० करोड नाफामा रहेको प्राधिकरणको आर्थिक वर्ष २०७६-०७७ मा ११ अर्ब ५ करोड थियो ।

प्राधिरकरण सञ्चालक समिति अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुषालको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले पारित गरेको बजेट अनुसार, आगामी वर्षमा सामुदायिक साढे ५ लाखबाहेक बाहेक ४९ लाख २४ हजार घरधुरी ग्राहक पुग्नेछन् ।

गत वर्ष ४२ लाख ग्राहक थिए । चालु वर्षका लागि प्राधिकरणले गरेको प्रक्षेपण अनुसार, चालु वर्षमा ११ हजार १ सय गिगावाट विद्युत् खपत हुनेमा निजी क्षेत्रबाट ६५०३ गिगावाट आवर र प्राधिरकरणबाट ३१०९ गिगावाट आवर उत्पादन हुनेछ भने बाँकी १५ सय गिगावाट आवर भारतबाट आयात गरिनेछ । चालु वर्षमा प्राधिकरणले ११ सय १५ गिगावाट आवर विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर