कोरोनाबाट पत्नि गुमाएका बिमलको हृदय छुने कथा, भन्छन् 'मैले जति दुख भोगे अर्काले भोग्न नपरोस्' — OSNepal

कोरोनाबाट पत्नि गुमाएका बिमलको हृदय छुने कथा, भन्छन् ‘मैले जति दुख भोगे अर्काले भोग्न नपरोस्’

LC (KTM) May 17, 2021 0

सुनिल शर्मा र काठमाडौं । नेपालमा कोरोना महामारीको दोस्रो लहर चलिरहँदा एक वर्षमा कोरोनाबाट ५ हजारभन्दा धेरैको निधन भइसकेको छ । ओली सरकारले बेसार पानी खाने कोरोना उडाउने नारा त चलायो तर कोरोना भने भागेन र त यति धेरैको घर परिवारमा सोक छाइरहँदा ओली सरकार भने कुर्सी कै रमितामा अलमलीइरहेको छ । सरकारका प्रमुख प्रम ओलीले कोरोना गम्भिर रोग हो भन्ने बुझ्नलाई १ वर्ष बढी समय लाग्दा मुलुकमा भएको धनजनको क्षती त अथाह छ ।

अझ त्यो भन्दा गहिरो क्षती आफन्त गुमाएकाहरुको पिडा संहाली नसाध्यको छ । जसमध्येका एक हुन् सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका विमल चालिसे । बिमलले २०७७ साल जेठ १ गते उनले आफ्नी पत्नी सावित्रीलाई कोरोनाबाट गुमाएका थिए। नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्ति थिइन् सावित्री। ३५ वर्षे विमलले पत्निलाई गुमाउँदा उनका छोरा जम्मा ९ दिनका दिए । २०७७ वैशाख २४ गते काठमाडौँको टिचिङ अस्पतालमा जन्मिएका थिए कान्छा छोरा सफल। कोरोना संक्रमण बढ्न नदिन भन्दै चैत ११ गतेदेखि नै सरकारले देशव्यापी लकडाउन गरेको थियो। गोंगबु बस्ने सावित्री र विमल सुत्केरी हुने मिति आएपछि वैशाख २३ गते हिँडेरै टिचिङ पुगे। २४ गते दिउँसो ४ बजे बच्चा जन्मियो। अस्पतालले २५ गते डिस्चार्ज गरेको भोलीपल्ट उनी गाउँ गए । तर गाउँ पुगेको केही दिनमा नै सावित्रीलाई कोरोनाले लग्यो ।

पत्निको निधनपछि दुई छोराको सारा जिम्मेवारी आफ्नै काँधमा लिएका विमलको राज्यसँग एउटै गुनासो छ केही सहयोग र साथ पाइएन भन्ने । उनी भन्छन् मैले पाएको जस्तै दुख परिवार गुमाएकाहरु सबैले पाएका होलान् । राज्य किन बेखबर बनेको यस्तो संवेदनशिल घडीमा पनि । किन आफ्ना नागरिक तड्पीरहँदा उसले थाहा नपाएजस्तो गरेको भन्ने कुराले बिमलाई पिरोलीरहेको छ ।

अहिले बिमलका कान्छा छोरा सफल १ वर्षका भए । उनले हजुरआमालाई नै आमा भनेर बोलाउने गरेका छन् । भर्खरै फुट्दै गरेको बोलीले उनले हजुर आमालाई आमा भन्दा बिमल खुशी हुन्छन् । धुलिखेलबाट सफल र ११ वर्षका छोरा युनिकलाई लिएर विमल काठमाडौँ र घर आउने जाने गर्न थालेका छन् । काठमाडौँ आएर पुरानै कोठामा बस्न थाले । जहाँ उनले सावित्रीसँग लामो समय बिताए । दुईवटा छोराको रेखदेखमा खटिए। दसैँमा उनी गाउँ गए। फेरि केही समय बसेर पुसमा काठमाडौँ आए।

युनिकलाई अनलाइन कक्षा पढाइरहेका थिए। कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्यो । विमल १३ गते गाउँ फर्किए। अहिले उनी गाउँमै आमा र दुई छोरासँग बसिरहेका छन्। पत्नि शोकमा बिताएको १ वर्ष विमललाई निकै कठिन समय बन्यो । त्यति कठिन समय उनलाई जिन्दगीमा अहिलेसम्म आएकै थिएन । बिमल भन्छन् भगवान् यस्तो विपत कसैलाई नपारिदेउ । मैले जे भागे अर्कले त्यो भाग्नु नपरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर