अलोचना तिब्र भएपछि नायिका प्रियंका कार्की सारी चोलोमा, एक जना युजर लेख्छन् - मेरो आँखा बिग्रीयो कि क्या हो । भोली चेक गर्न जानुपर्ला — OSNepal

अलोचना तिब्र भएपछि नायिका प्रियंका कार्की सारी चोलोमा, एक जना युजर लेख्छन् – मेरो आँखा बिग्रीयो कि क्या हो । भोली चेक गर्न जानुपर्ला

LC (KTM) August 07, 2021 0

नेपालमा अहिले समाजिक सञ्जालमा सबैभन्दा बढी चलेकी नायिका हुन् प्रियंका कार्की । गर्भावस्थामा रहेकी प्रियंका हरेक दिन जसो सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । आफु गर्भवती भएको थाहा पाए देखी नै प्रियंका आफ्नै तरिकामा खुशी मनाईरहेकी छिन् ।

उनले आफ्नो यो खुशी सामाजिक सञ्जालमा प्रस्तुत गर्ने गरेकी छिन् । सधै जसो गर्भ अवस्थाका फोटोहरु मात्र अप्लोड गरिरहदा उनका फ्यानहरु अति नै रिसाएका छन् । उनको आलोचना एकदमै हुने गरेको छ । यसरी आलोचनाका साथै चर्चाको पात्र बन्दै आएकी नायिका प्रियंका कार्कीले शनिबार भने आफुलाई फरक रुपमा सामाजिक सञ्जालमा प्रस्तुत गरेकी छिन् ।

कहिले भुँडी त कहिले नाइटो देखाएर सबैलाई वाक्क पारेकी नायिकाले यस पटक भने केही फरक एकदमै सभ्य फोटोहरु सार्वजनिक गरेकी छिन् ।उनलाई यस पटक भने पहेलो सारी चोलोमा देखिएको छ । उनले यो फोटोको साथमा दही चिउरा भन्दै पोष्ट लेखेकी छ् ि। पहेँलो सारीमा श्रीमान आयुष्मान देशराजसँगै देखिएकी उनी सुन्दरीका साथै सिम्पल देखिन्छिन् ।

उनलाई यो पहिरनले एकदमै सुन्दर र खुलेको देखिन्छ । सधै नकरात्मक प्रतिक्रिया पाउने नायिका कार्कीले यसपटक भने अलि सकरात्मक प्रतिक्रियाहरु पाएकी छिन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता ठट्यौली पारमा लेख्छन् – आज म यो के देख्दैछु । आँखा बिग्रीयो कि क्या हो मेरो । भोली चेक गर्न जानुपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर