प्रदेश नं १ मा ७६५ मा कोरोना सङ्क्रमण, १७ को मृत्यु — OSNepal

प्रदेश नं १ मा ७६५ मा कोरोना सङ्क्रमण, १७ को मृत्यु

Kesh Karki (USA) August 07, 2021 0

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।एक हजार पाँच जनाको पिसिआर परीक्षण गर्दा ३१२ र एक हजार ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५३ गरी कूल ७६५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीमध्ये मोरङमा १०० मध्ये विराटनगरमा १७, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३ तथा तेह्रथुम र उदयपुरमा दुई–दुई जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४५८ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये २०५ महिला र २५३ पुरुष छन् ।
१७ को मृत्यु
कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा सात महिलासहित १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर