गएराति २ बजेदेखि बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै — OSNepal

गएराति २ बजेदेखि बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

LC (KTM) August 07, 2021 0

काठमाडौँ । राजधानीको बालाजुस्थित औद्योगिक क्षेत्रमा लागेको आगो करिब १० घण्टापछि नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उद्योगमा गएराति २ बजेदेखि लागेको आगो दमकल, पानी ट्याङ्कर र हेलिकप्टरको समेत प्रयोग गरी नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार आगोले ठूलो क्षेत्रफल ओगटेकाले निजयन्त्रणमा लिनद समय लागेको बताए ।

आगलागीको कारण अझै खुली नसकेको प्रहरीले जनाएको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेकोले वास्तविक विवरण दिन समय लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर