राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा आज सार्वजनिक गर्दै, यसरी सकिन्छ हेर्न — OSNepal

राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा आज सार्वजनिक गर्दै, यसरी सकिन्छ हेर्न

LC (KTM) August 07, 2021 0

काठमाडौं –  एसईईको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा  (एसईई) को नतिजा आज सार्वजनिक गर्न लागेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।

नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बोर्डले जनाएको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । त्यस्तै बोर्डले वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर