बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आगलागी — OSNepal

बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आगलागी

Kesh Karki (USA) August 07, 2021 0

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ ।

आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर