एजेन्सी । १७ रुपैंयामा प्रेमिका पाइन्छ भन्दा कसैले झट्ट पत्ताउँदैनन् । १७ रुपैंयामा प्रेमिका भाडामा लिएर घुम्न जानु सौभाग्य हो । यो सुअवसर हाम्रो देशको नभएर दक्षिण चीनको गुआडोंगाको हो । जहाँको ‘द भाइटलिटी सिटी मल’को एक स्टोरमा सुन्दर र आकर्षक युवतीहरु पोडियममा राखिएका छन् ।
यहाँ कोही पनि पुरुषले आफूले मनपराएको युवतीलाई २० मिनेटको लागि १ आरएमबी तिरेर आफ्नो प्रेमिका बनाएर लैजान सक्ने ब्यबस्था गरिएको छ । यसको लागि पुरुषले आफुले छानेको युवतीको मोबाइल फोनमा एक क्युआर कोड स्क्यान गर्न पर्छ र पैसा तिर्न पर्छ ।
एकपटक कोड स्क्यान भएपछि उक्त पुरुषले उसको ती युवतीलाई स्टोरको आसपास र मलमा घुमाउन सक्ने बताइन्छ । जुन खबर अहिले भाइरल बनिरहेको छ । तर भाडाका प्रेमीकालाई मलमा जथाभावी छुन र मनपरी गर्न भने पाउनेछैन ।