अमेरिका पुग्ने बित्तिकै परिवारको यादले पिरोल्यो पुर्वमिस नेपाल श्रृंखला खतिवडालाई — OSNepal

अमेरिका पुग्ने बित्तिकै परिवारको यादले पिरोल्यो पुर्वमिस नेपाल श्रृंखला खतिवडालाई

LC (KTM) August 06, 2021 0

सामाजिक सञ्जाल देखी सामाजिक काममा समेत चर्चा बटुल्न सफल पुर्वमिस नेपाल श्रृंखला खतिवडा लाई अध्ययनका लागि अमेरिका छोड्नु अघि उनका प्रेमी भनिदै आएका भ्लगर सिसन बानिया एकदमै भावुक भइरहेका थिए ।

उनले मनले मानि नमानि आफ्नी प्रेमिका श्रृंखलालाई एयरर्पाेटमा बिदाइका हात हल्लाए । सिसन मात्र हैन श्रृंखला समेत आफ्नो प्रेमी लाई छोडेर जानु पर्दा कम भावुक थिईनन् । तर दुबे जनाले मनलाई एक ठाउँमा राखेर अन्ततः बिदाइका हात हल्लाउनै प¥यो । उनै पूर्वमिस नेपाल श्रृङ्खला अमेरिका पुगिसेकेकी छिन् ।

उनले अमेरिका पुगे लगत्तै आफ्नो परिवारलाई एकदमै मिस गरेकी छिन् । उनले आफ्नो आमा बुवा तथा हजुरबालाई एकदमै मिस गरेको बताएकी छिन् । उनले सामाजिक संजालमा ‘मिस यु’ भन्दै आफ्नो बुवा आमा र हजुरबुवाको तस्विर समेत शेयर गरेकी छिन्।

उनी अध्ययनका लागि भन्दै सोमबार अमेरिका प्रस्थान गरेकी थिईन् । उनले अब अमेरिकामा रहदा बिश्वकै चर्चित बिश्लबिद्यालय हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्नेछिन् । श्रृङ्खलाले नेपालमै आर्किटेक्चरमा स्नातक गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर