सुनौली सीमाबाट ‘बदल टुर एण्ड ट्राभल्स’ द्वारा यात्रु ठगी — OSNepal

सुनौली सीमाबाट ‘बदल टुर एण्ड ट्राभल्स’ द्वारा यात्रु ठगी

Kesh Karki (USA) March 26, 2025 0

सुनौली, नेपाल – नेपाल-भारत सीमास्थित सुनौलीबाट भारतका विभिन्न सहरतर्फ यात्रा गर्ने नेपाली यात्रुहरू ठगीको शिकार भएका छन्। ‘बदल टुर एण्ड ट्राभल्स प्रा. लि.’ नामक बस सेवा प्रदायक कम्पनीले यात्रुहरूलाई ठगी गरेको गुनासो आएको छ।

पीडितहरूका अनुसार, सुनौलीबाट जयपुर जाने भन्दै ७ जना यात्रुहरूसँग प्रति व्यक्ति १७०० रुपैयाँका दरले जम्मा ११,९०० रुपैयाँ असुलिएको थियो। तर, पैसा लिएको बसमा नराखी यात्रुहरूलाई अर्कै अज्ञात बसमा हालेर जबरजस्ती पठाइएको उनीहरूको आरोप छ। यात्रुहरूलाई सुविधा सम्पन्न बसमा लैजाने आश्वासन दिइए पनि पछि मनपरी ढंगले व्यवस्थित नभएको बसमा हालेर पठाइएको गुनासो गरेका छन्।

यस घटनापछि अन्य यात्रुहरूलाई पनि ‘बदल टुर एण्ड ट्राभल्स’ जस्ता ठगी गर्ने ट्राभल एजेन्सीहरूसँग सतर्क रहन आग्रह गरिएको छ। यात्रुहरूले यस्ता झूट्टा प्रलोभनमा नपर्न तथा विश्वसनीय ट्राभल कम्पनीहरूबाट मात्र यात्रा गर्न सुझाव दिइएको छ।

यस सम्बन्धमा सम्बन्धित निकायहरूले अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ।

(यदि तपाईं पनि यस्तै ठगीको शिकार हुनुभएको छ भने, आफ्नो गुनासो सम्बन्धित निकायमा दर्ता गराउन नभुल्नुहोस्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर