काठमाडौँमा पुरानो रिसइबीका कारण झडप, एकको मृत्यु, १६ जना पक्राउ — OSNepal

काठमाडौँमा पुरानो रिसइबीका कारण झडप, एकको मृत्यु, १६ जना पक्राउ

Kesh Karki (USA) March 26, 2025 0

काठमाडौंको खड्कागाउँस्थित सडक खण्डमा दुई समूहबीच भएको झडपका क्रममा एक युवकको मृत्यु भएको छ। गत २०८१ साल चैत ११ गते साँझ करिब ७:३० बजे पुरानो रिसइबीका कारण भएको झडपमा २३ वर्षीय अभय (अबे) तामाङ गम्भीर घाइते भएका थिए। उनलाई धारिलो हतियार र फलामे रडले प्रहार गरिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी राखेको जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये आशिष श्रेष्ठ, सुजन तामाङ, राज अर्याल, डेनियल विश्वकर्मा, निश्चल ब्लोन तामाङ, सुशान श्रेष्ठ, बिनय आले मगर, खेम राज बहादुर मगर, रन्जित श्रेष्ठ, साङ्गे तामाङ, अजित बुढाथोकी, रोहित खड्का, प्रबिन झेडी, गौतम कमर जोगी, प्रवेश गुरुङ, र डेबिड घले रहेका छन्।

प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ भने झडपको मुख्य कारणबारे थप जानकारी सार्वजनिक गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर