टोकियो ओलम्पिकमा महिला फुटबलको उपाधी क्यानडालाई , स्वीडेन रजत पदकमा चित्त बुझाउन बाध्य — OSNepal

टोकियो ओलम्पिकमा महिला फुटबलको उपाधी क्यानडालाई , स्वीडेन रजत पदकमा चित्त बुझाउन बाध्य

LC (KTM) August 06, 2021 0

जापानको टोकियोमा जारी ओलम्पिकमा महिला फुटबल तर्फको स्वर्ण पदक क्यानडाले हात पारेको छ । स्वीडेनलाई ट्राइ ब्रेकरमा हराउँदै क्यानडाले महिला फुटबलको उपाधी हात पारे संगै स्वर्ण पदक भित्राएको हो ।

शुक्रबार साँझ भएको फाइनलमा क्यानडाले स्वीडेनलाई ट्राइ ब्रेकरमा ३ – २ गोलले पराजित गर्‍यो। निर्धारीत समयमा दुबै टोलीका तर्फ बाट एक एकको बराबरी भएको थियो । स्विडेनले ३४ औँ मिनेटमा अग्रता लिए पनि क्यानडाले ६७ औँ मिनेटमा गोल पर्खाउँदै स्थिती बराबरीमा ल्याएको थियो ।

पेनाल्टी शुटआउटमा दुवै टोलीबाट दुई दुई गोल भएको थियो। तर सडन डेथमा स्वीडेनले गोल हान्न सकेन त्यसपछि क्यानडाले सजिलै गोल लगाउँदै जित हासिल गरेको हो। पुरुष फुटबलतर्फ स्वर्ण पदकका लागि शनिबार स्पेन र ब्राजिल भिड्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर