साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारत संग भिड्दै — OSNepal

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारत संग भिड्दै

LC (KTM) August 06, 2021 0

फुटबल ईतिहासमा भारत संग नेपालले धेरै पटक भिडिसकेको छ । अहिले सम्म नेपालले भने २ खेल मात्र जित्न सकेको छ । यस्तो अवस्थामा फेरी नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका लागि अर्काे अवसर रच्ने बेला आएको छ ।

अब नेपालले भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाले भदौमा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । एन्फाले दुबै मैत्रीपूर्ण खेल नेपालमा हुने जनाएको छ । नेपालले हालसम्म भारतसँग १९ खेल खेल्दा १३ खेलमा भारतले नै जितेको छ । । नेपालले ४ खेल बराबरीमा खेलेको थियो ।

नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ को साफमा नराम्रो संग हराएको थियो । १३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर