आज थप २५ जना संक्रमितको ज्यान जाँदा १ हजार ८८५ जना भए संक्रमण मुक्त — OSNepal

आज थप २५ जना संक्रमितको ज्यान जाँदा १ हजार ८८५ जना भए संक्रमण मुक्त

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हो ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८८५ जनाले मात्र कोरोनालाई जित्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर