भारत कोरोनाको चपेटामा परिरहेका बेला भारतमै बनेको कोरोनाविरुद्ध ‘खाने औषधि आज लन्च गरिदै — OSNepal

भारत कोरोनाको चपेटामा परिरहेका बेला भारतमै बनेको कोरोनाविरुद्ध ‘खाने औषधि आज लन्च गरिदै

LC (KTM) May 17, 2021 0

काठमाडौँ ।भारतमै बनेको कोरोनाविरुद्ध ‘खाने औषधि आज लन्च गरिने भएको छ । भारतिय मिडियाका अनुसार आज साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा। हर्षवर्द्धनले उक्त औषधि को लन्च गर्नेछन् ।
यो औषधि कोरोना विरूद्ध खोपको सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइएको छ ।

‘२(डीजी’ औषधिको पहिलो खेप रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले सेवन गरेर लन्च गर्न लागिएको हो । शुभारम्भछि एक(दुई दिनमै कोरोना संक्रमित सर्वसाधारणका लागि यो औषधि उपलब्ध गराइनेछ । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको हाल हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज उत्पादन भएर तयारी अवस्थामा रहेको बताइएको छ ।

कोसिड( १९ को मध्यम र गम्भीर लक्षण भएका बिरामीहरूमा यस औषधिको आपतकालीन प्रयोगलाई यसै महिनाको शुरूमा भारतीय रक्षा मन्त्रालयले अनुमति पाइसकिएको बताएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर