काठमाडौं । सर्वाधिक लोकप्रिय नेपाली गीत ‘टुङना को धुनमा’को कभर गीत सार्वजनिक भएको छ।गायक इन्द्रजित मिजारको स्वरमा नेपाली चलचित्र ‘रहर’ समाबेश यो गीतलाई पन्जाबी गायकले गाएका छन् । पन्जाबी गायक लकी सिद्धुले यसअघि फूलबुट्टे सारीको पन्जाबी भर्सन गाएका थिए ।गीत सिन्धु म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतको भिडियोलाई संसार ब्ल्ग प्रोडकसनले निर्माण गरेका छन् । गीतको भिडियोमा प्रज्ज्वल भट्टराई, उत्सव ढुङेल, गेम्मा र ग्रातसीएलाको अभिनय रहेको छ भने गीतलाई जीएन एस जोन्नी ले निर्देशन गरेका छन ।
पन्जाबी गायक लक्की सिद्धुले टुङनाको धुनमा राम्ररी गाएका छन् । ‘टुङनाको धुनमा’ को पन्जाबी भर्जन अहिले लन्डन तथा भारतमामा पनि धेरै नै लोकप्रिय भइरहेको छ।नेपाली नै बोल्न नजान्ने पन्जाबी लक्कीलाई नेपाली गीत गाउन लगाएका हुन् ।