सहकारीसम्बन्धी विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिबाट स्वीकृत — OSNepal

सहकारीसम्बन्धी विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिबाट स्वीकृत

LC (KTM) March 12, 2025 0

काठमाडौँ, २८ फागुन : प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । त्यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सभासमक्ष सो प्रस्ताव पेस गर्नुभएको थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले एक संस्थामा दुई कार्यकालभन्दा उही व्यक्ति बस्न नपाउने व्यवस्था विधेयकमा राखिएको बताउनुभयो । सरकारले अध्यादेशमार्फत अगाडि सारेका सबै विधेयक जनताको समस्या समाधान गर्ने उद्देश्यले ल्याएको उहाँको भनाइ छ ।

सैद्धान्तिक छलफलमा सांसद हितराज पाण्डे, जुलीकुमारी महतो, विमला सुवेदी, हितबहादुर तामाङ, रणेन्द्र बराली, नारायणी शर्मा, माधव सापकोटा, पे्रम सुवाल, दयालबहादुर शाही, सूर्यबहादुर थापा र श्यामकुमार घिमिरेले आआफ्नो धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगमी चैत ३ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर