देशमा कोरोना महामारी बढिरहँदा सेयर बजारले रच्यो इतिहाँस, अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो नेप्से — OSNepal

देशमा कोरोना महामारी बढिरहँदा सेयर बजारले रच्यो इतिहाँस, अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो नेप्से

LC (KTM) May 17, 2021 0

काठमाडौ । देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको छ ।निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ ।

जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ । साताको पहिलो कारोबार दिनमा नेप्से परिसूचक ५४।२१ अङ्कले बढेर २७३८।२९ को बिन्दुमा पुगेको छ ।गोरखापत्र दैनिकमा छ ।

यो नयाँ रेकर्ड हो । त्यस्तै, कारोबार पनि १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपियाँको भएको छ । यो उच्च कारोबार हो । नेप्सेको अनलाइन सिस्टममा सुधार आउँदा, बजारमा प्रशस्त तरलता हुँदा र विदेशमा बस्ने नेपालीले समेत सहजै लगानी गर्नसक्ने अवस्थाका कारण अहिलेको बजार बढेको लगानीकर्ताको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर