सत्ता गठबन्धनको कार्यदलले राष्ट्रिय हितको सम्बद्र्धन लगायत ११ विषयमा तयार पार्यो प्रतिवेदन — OSNepal

सत्ता गठबन्धनको कार्यदलले राष्ट्रिय हितको सम्बद्र्धन लगायत ११ विषयमा तयार पार्यो प्रतिवेदन

LC (KTM) August 06, 2021 0

काठमाडौँ २२ साउन । सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम बनाएर आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा लागु गर्ने शान्ति प्रक्रियाको पूर्णतासहित शान्ति सुव्यवस्था र सुशासन तथा समाजिक रुपान्तरणलाई प्राथमिकतामा राख्दै न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले देउवालाई हस्तान्तरण गरेका हुन् ।

उक्त प्रतिवेदनमा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको सम्बद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतन्त्रको सुदृढीकरण, सहितका ११ बुँदालाई समेटिएको छ ।

जसमा शान्ति सुरक्षाको प्रत्याभूती, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालीक राहत, पुननिर्माण तथा पुनस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धको विषयलाई लिइएको छ ।

कार्यदलमा पाँच सदस्य रहेका छन् । जसको संयोजक पुर्णबहादुर खण्डाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर